काठमाडौं । मरेको मान्छेलाई जिउँदो बनाए भन्ने क्रिश्चियन पास्चर पक्राउ परेका छन्। प्रहरीले बुटवलबाट ३५ वर्षीय राजेन्द्र गोतामेलाई नियन्त्रणमा लिएको छ।
बुटवल-१२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
उनलाई प्रहरीले सोमबार चर्चबाटै पक्राउ गरेको हो। सो भिडियोपुरानो भिडियो रहेको जनाइएको छ। प्रहरीले घटनाबरो थप अनुसन्धान गरिरहेको छ।
बुटवलको होली क्यालभरी चर्चका पास्टर गोतामेले एक ‘मृत’ महिलालाई जिवित गराएको देखाइएको छ।
यस्तो भिडियो भाइरल भएपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले अनुसन्धानका लागि आदेश दिएको थियो।
प्रशासनको आदेशपछि ईलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान सुरु गरेर गोतामेलाई पक्राउ गरेको हो।