काठमाडौँ – विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापा कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणमुक्त भएपनि उनको स्वास्थ्य अवस्था भने जटिल नै रहेको जनाइएको छ ।
विवेकशीलका संयोजक मिलन पाण्डेले उनको पछिल्लो स्वास्थ्य अवस्था बारे सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनले नेता थापाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपनि स्वास्थ्य अवस्था जटिल भएको बताएका छन् ।
पाण्डेले भनेका छन् – ‘कोरोना रिपोर्ट नेगेटिभ आएपनि, त्यस अघि भाइरसले शरीरमा दीर्घकालिन क्षति गरिसकेको छ । उहाँको स्वास्थ्योपचार भेन्टिलेटर र इक्मो विधिबाट जारी छ । अत्यन्त जटिल स्थितिमा पनि चिकित्सकहरु हरसंभव प्रयाशमा छन्। तपाईँ हाम्रो प्रार्थना र सकारात्मक उर्जा कायम राखौँ ।’
नेता थापाको अहिले नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ ।