काठमाडौं । देशभर बढेको चिसोका कारण सर्वसाधरणको दैनिकी कष्टप्रद बन्न थालेको छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश–१ को पहाडी भू–भागमा आंशिक बदली रहने छ भने अन्य स्थानमा मौसम सफा रहने छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र प्रदेश–१ को उच्च पहाडी भू–भागका केही स्थान र केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार तराईका जिल्लामा विहान हुस्सु र कुहिरो लागिरहेको छ ।
दिउँसोसम्म फाटेर जाने उनको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान तीन किलोमिटर भिजिबिलिटी क्षमता रहेको छ ।
तराईका केही जिल्लामा हवाई यातायाता सेवा विहानको केही समय प्रभावित हुन सक्ने भए पनि काठमाडौंमा भने त्यो सम्भावना नरहको विभागको भनाइ छ ।
तराईका जिल्लामा हुस्सु लागेकाले न्यून गतिमा सडक यातायात सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
तराईका जिल्लामा शितलहर चलेकाले तापक्रममा कमी आउँदा चिसो बढ्ने भन्दै जल तथा मौसम विज्ञान विभागले चिसोबाट बच्न आवश्यक सतर्क हुन आग्रह गरेको छ । आज (बुधबार) काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस रहेको छ ।
विहान साढे ६ बजेको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएकोमा दिउँसो बढेर १६ देखि १८ डिग्री सेल्सियस पुग्ने र आज दिउँसो काठमाडौंको मौसम सफा रहने छ ।
WimBoips 30 July , 10 h 17 min. cialis KiaBoips 31 July , 19 h 54 min.