काठमाडौं । काठमाडौं उपत्यका लगायतक देशका विभिन्न स्थानमा चिसो बढ्दै गइरहेको छ ।
सोमवार बिहान काठमाडौँको तापक्रम ५.४ डिग्री सेल्सियस मापन गरिएको छ । त्यस्तै दिउँसो भने काठमाडौंको तापक्रम २० डिग्री सेल्सियससम्म पुग्ने जनाइएको छ ।
अहिले बिहानपख तराई भूभागमा कुहिरो देखिएको छ भने हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशमा उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन। हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो र राति पनि देशभरको मौसम सामान्यतया सफा रहनेछ । भोलि मंगलबार गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भू-भागमा आंशिक बदली रहने सम्भावना रहनेछ भने अन्य स्थानको मौसम सफा रहनेछ ।