काठमाडौँ । जुनसुकै नयाँ कामको सुरुवात गर्दा पनि दुविधामा पर्ने हाम्रो चलन रहेको छ । पछि नराम्रो हुने हो की ? कतै नयाँ काम गर्दा ढुबिने पो होकी ?
भन्ने चिन्ताले पिरोलिरहेको हुन्छ । तर प्राचिन भारतका बुद्धिमानी, चतुर र प्रसिद्ध अर्थशास्त्री समेत रहेका चाणक्यले अपनाएका नितिले अहिले विश्वभर चर्चा पाएको छ।
१) तीन सोचः कुनै काम गर्नु अगाडी मनमा काम कसरी गर्ने, कुन समयमा गर्ने, कुन स्थान राम्रो हुन्छ सम्पत्ति र समर्थन गर्ने कति छन् भन्ने कुराको बारेमा जानकारी पाउनु जरुरी रहेको छ ।
२) क्षमताको लेखाजोखाः काम गर्ने क्षमता कति छ भन्ने लेखाजोखा काम गर्नु अगाडी नै राख्नुपर्छ । यदि त्यसो गरिएन भने खतरामा पर्ने सम्भावना धेरै हुन्छ ।
३) जिभ्रोमा नियन्त्रणः नयाँ कामबाट सफलता पाउने की असफलता भन्ने कुराको निर्धारण जिब्रोले गर्छ । जति मिठो बोल्यो त्यति धेरै फाइदा हुन्छ ।
४) दुश्मनलाई साथी बनाउनेः दुश्मनसँग पनि राम्रो व्यवहार गरियो भने असल साथी बन्न सकिन्छ । यदि तपाईले दुश्मनलाई पनि साथी बनाउन सक्नुभयो भने सफलताबाट कसैले रोक्न सक्दैन् ।
५) शरीरको हेरचाहः भगवानले दिएको उपहार शरिरलाई कुनै नयाँ काम गर्नुपूर्व आफु कति स्वस्थ छु भन्ने कुराको बारेमा जानकारी लिनु महत्वपूर्ण रहेको छ ।
६) ज्योतिषीसँग परामर्शः कुनै पनि काम सुरु गर्नु अगाडी ज्योतिषसँग सल्लााह लिनु पर्छ ।
७) पत्नीसँग सल्लाहः विवाहित पुरुषले कुनै पनि काम गर्नु अगाडी श्रीमतीसँग सल्लाह गर्नुपर्छ । किनकी उनी जीवन संगीनी हुन उनले कुनै पनि काम गर्न राम्रो सल्लाह सुझाव दिने गर्छिन्।
८) रहस्य लुकाउनुस्ः कुनै काम सुरु गर्नु अगाडी आफ्नो विचार कसैसँग बाढ्नु हुँदैन् । यदि तपाईले आफ्नो योजना अरुलाई सुनाउँदा कहिल्यै सफल बन्दैन्।
९) अशिष्ट पनि बन्नुपर्छः कुनै कामबाट सफलता पाउने अठोट लिएको छ भने त्यसको लागि कडा परिश्रम गर्नुपर्छ । त्यसको लागि अशिष्ट व्यवहार गर्नुपर्छ।