काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुद्दाविरुद्ध आज सुनुवाई हुँदैछ ।
२०७६ माघ २२ मा दायर भएको उक्त मुद्दामा वरिष्ठ नेता नेपाललाई प्रतिवादी नबनाएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्चमा रिट दायर गरेका थिए ।
सोही जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।