काठमाडौँ, २९ असाेज । लोकेसवा आयोगले राजपत्रांकित प्रथम श्रेणी सहसचिव र द्वितीय श्रेणी उपसचिव पदमा विज्ञापन खाेलेकाे छ । रिक्त रहेकाे स्थानमा पदपूर्ति गर्न ६३८ जनाका विज्ञापन खुला गरिएकाे हाे ।
काेराेना महामारीकै बेवाल आयोगले वार्षिक कार्यतालिकाअनुसारै विज्ञापन निकालेर परीक्षाको तयारी थालेको जनाएकाे छ । बुधबार प्रकाशित सूचना अनुसार विभिन्न सेवा समूहका सहसचिव र उपसचिवका खुला तथा बढुवाको गरेर ६३८ पदमा विज्ञापन खुला गरिएको यसकाे लिखित परीक्षा माघसम्म सम्पन्न गरिने भएकाे हाे ।
यसअघि सरकारले लाेकसेवाका गत वर्षका परीक्षा समेत काेराेना महामारीका कारण राेकेकाे थियाे । यसपटक भने काेराेना संक्रमण तीव्र रूपले बढिरहेकै बेला रोकिएका ती परीक्षा सञ्चालन गर्न र नयाँ विज्ञापन खुलाउन आयोगलाई सरकारले नै आग्रह गर्ने निर्णय गरेकाे थियाे । साेहीअनुसार आयोगले गत चैतबाट रोकिएको परीक्षा लिन नयाँ तालिका पनि यसअघि नै सार्वजनिक गरिसकेको छ भने बुधबार नयाँ विज्ञापन पनि खुला गरेकाे हाे ।
गतवर्ष नै विज्ञापन गरी एक चरणको परीक्षा भइसकेर प्रक्रियामा रहेको नायब सुब्बा, शाखा अधिकृत तथा सहसचिव पदका लिखित तथा मौखिक परीक्षाको थालनी आयोगले गरिसकेको छ । अहिले विज्ञापन गरिएका सहसचिव र उपसचिव पदको लिखित परीक्षा मंसिर अन्तिममा सुरु भएर माघ अन्तिमसम्म चल्ने जनाइएकाे छ ।
हेर्नुहाेस् विज्ञापन-