काठमाण्डाै ०६ असोज / स्वस्थ्यमा समस्या देखिएपछि आज काठमाडौं ल्याइएको डाक्टर गोविन्द केसीलाई ट्रमा सेन्टरबाट शिक्षण अस्पताल लगिएको छ ।
मङ्गलबार नेपालगञ्जबाट काठमाण्डौ आएपछि शिक्षण अस्पताल जान खोज्दा प्रहरीले बल प्रयोग गरेर डाक्टर केसीलाई ट्रमा सेन्टर पुर्याएकाे थियो ।
ट्रमा सेन्टरले डाक्टर केसीलाई डिस्चार्ज गरेपछि उहाँ अहिले त्रिवि शिक्षण अस्पतालको इमर्जेन्सी वार्डमा भर्ना हुनुभएको छ । डाक्टर केसीको आग्रहपछि ट्रमा सेन्टरले डिस्चार्ज गरेको हो ।