काठमाडौं । काठमाडौंमा आज थप एक जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
ललितपुरस्थित मेघा अस्पतालमा आज (शनिबार) बिहान भक्तपुरका कोरोना संक्रमितको मृत्यु भएको हो ।
ललितपुर स्वास्थ्य कार्यालयले प्रेस विज्ञप्ति जारी गरी बिहान ७ः४० बजे ३८ वर्षीय पुरुषकाे मृत्यु भएको जानकारी दिएको हो । उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए।