काठमाडौं । संघीय राजधानी काठमाडौंको कीर्तिपुरमा घरधनीको कुटाइबाट कोठामा डेरा गरी बस्दै आएका एक व्यक्तिको मृत्यु भएको छ ।
कीर्तिपुर नगरपालिका–७ का घरधनी प्रेमलाल महर्जनको कुटाइबाट डेरामा बस्दै आएका ४० वर्षीय शम्भु चौधरीको मृत्यु भएको हो ।
महानगरीय प्रहरी बृत्त कीर्तिपुरका प्रमुख डीएसपी रुकेश तन्डुकारका अनुसार घरभेटी महर्जनले काठको भाटाले हिर्काउँदा चौधरीको मृत्यु भएको हो ।
शुक्रबार बिहान सामान्य विवाद हुँदा घरभेटी महर्जनले आफ्नो कोठामा बस्ने चौधरीलाई काठको भाटाले हिर्काएका थिए ।
कोठामा बस्नेको मृत्यु हुने गरी कुटपिट गर्ने घरभेटी महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।