काठमाडौँ । मौसम पूवानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखाको प्रभावले अहिले देशभरको मौसममा सामान्य बदली भएको जनाएको छ ।
मौसममा भएको बदलावसँगै अहिले देशभरका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाको भनाई छ । मौसम पूर्वानुमा महाशाखाका अनुसार आज दिउँसो र राति गरी विभिन्न ५ प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई स्थानमा आज दिउँसो मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आजै राति प्रदेश १, प्रदेश नम्बर २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ मा भारी वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । भारी वर्षा हुने क्षेत्रमा आगामी २४ घण्टासम्म सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।