काठमाडौं, २२ भदौ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ २४ गतेपछि पनि थप भए मालपोत कार्यलयहरु खुलाउने तयारी थालिएको छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले काठमाडौं उपत्यकामा २४ गतेसम्मका लागि निषेधाज्ञा २४ गतेपछि पनि निषेधाज्ञा थप भए पनि मालपोत कार्यालयहरु भने खुलाउनका लागि तयारी सुरु गरेको हो ।
लामो समय मालपोत कार्यालयहरु बन्द हुँदा सेवाग्राहीहरु समस्यामा परेको भन्दै मन्त्रालयले यस्तो तयारी गरेको हो । ‘निषेधाज्ञा थप थपिने जस्तो स्थिति देखिएकोले मालपोत कार्यालयहरु कसरी सञ्चालन गर्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ मन्त्रालय स्रोतले बताएको छ ।