काठमाडौं – विराटनगरमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१० का ७६ वर्षीय पुरुष रहेका छन् । उनको सोमबार बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
उनलाई भदौ ११ गते कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि पछि होम आइसोलेसनमा बसिरहेका उनलाई स्वास्थ्यमा समस्या आएपछि कोभिड उपचार केन्द्रमा भर्ना भएका थिए ।
उनको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । यससँगै विराटनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ ।