काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा ए,सिड पी’डत बालिका मुस्कान खातुनलाई आर्थिक सहयोग गरेका छन। गत भदौ २० गते घरवाट विद्यालय जादै गर्दा वीरगञ्जमा खातुन माथि दुई युवाले ए,सिड प्र’हार गरेका थिए । ए,सिड प्र’हारवाट घा’इते उनको अहिले पनि उपचार चलिरहेको छ ।
नौ कक्षामा अध्ययनरत खातुनलाई अध्ययन खर्चमा सहयोग पुगोस् भनेर मन्त्री भट्टराईले ५० हजार नगद प्रदान गरेका हुन । सहयोग रकम प्रदान गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री भट्टराइले खातुनको आत्म विश्वासबाट आफू धेरै प्रभावित बनेको बताए । पी’डित बालिकालाई प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही दिन अघि बालुवाटारमा बोलाएर उनको शिक्षाको सबै प्रबन्ध गरिने बचन दिएका थिए ।
जन्मदिनमा भोज भतेरमा गरिने खर्चले कुनै अर्थ नराख्ने भएकाले उक्त रकमलाई मन्त्री भट्टराइले सामाजिक र परोपकारी काममा प्रयोग गर्दै आएका छन्। ०७२ सालदेखि मन्त्री भट्टराईले नियमित रुपमा आफ्नो जन्मदिनमा असहाय, पी’डित, विपन्न बालबालिकालाई सहयोग गर्दै आएका छन् ।