२२ भदौ, काठमाडौं । शुक्रबारबाट टिकटक सुचारु भएको छ । मन्त्रिपरिषद्कोनिर्णयअनुसार नेपाल दूरसञ्चार प्राधिकरणले टिकटकमा लगाइएको प्रतिबन्ध हटाएको छ ।
गत भदौ ६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट सामाजिक सञ्जालको रूपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाइएको थियो ।
त्यही निर्णयअनुसार अर्को निर्णय नहुँदासम्मको लागि टिकटकमा लगाइएको रोक हटाउन दूरसञ्चार ऐन, २०५३ को दफा १५ ले दिएको अधिकार प्रयोग गरी सम्बन्धित सबै इन्टरनेट सेवा प्रदायकहरू र मोबाइल सेवा प्रदायकहरूलाई प्राधिकरणले निर्देशन जारी गरेको छ ।
२०८० कात्तिक २७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । यता सरकारले पनि टिकटक कम्पनीले केही सर्तमा प्रतिबद्धता जनाएपछि खुला गरिएको जनाएको छ ।