१६ भदौ, काठमाडौं । अभिनेता रामचन्द्र अधिकारी ( काजी साब) ले आफू सकुशल रहेको बताएका छन् ।
केही दिन लगातार टिकटक लगायतका सामाजिक सञ्जालमा मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन्।
‘धेरैले टिकटक र रिलमा यो कुरा देखेपछि मलाई तारन्तार फोन गरिरहनुभएको छ । म सकुशल छु । बाहिर मेरो मृत्युको हल्ला फैलिएछ । कसले र कसरी हल्ला फैलायो, बुझ्न सकेको छैन,’ उनले भने ।
आफू अहिले ‘मेरी बास्सै’ लगायतका सिरियलको छायांकनसहित अन्य कार्यक्रममा समे व्यस्त रहेको उनले बताए