काठमाडौं – चितवनमा कोरोनाभाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–५ की ४९ वर्षीया महिला रहेकी छिन् । उनको शनिवार बिहानउपचारको क्रममा मृत्यु भएको हो ।
डायलाइसिस गर्न साउन २७ गते चितवन मेडिकल कलेज आएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाबाट मृत्यु भएकी महिलामा मिर्गौला रोगको पनि समस्या रहेको बताइएको छ ।
महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । यसअघि शुक्रबार पनि चितवनमा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।