वीरगन्ज । वीरगन्जमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् ।
वीरगन्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाका अनुसार वीरगन्जकी ६५ वर्षीया महिलाको शुक्रबार साँझ साढे ५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो भने वीरगन्ज-१२ निवासी ४३ वर्षीय पुरुषको शुक्रबार राति १२ बजे वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको हो ।
उनको नेसनल मेडिकल कलेजबाट रिफर गरेको केही घण्टामै मृत्यु भएको हो। ती पुरुष एचआइभी संक्रमित पनि रहेको अस्पतालले जनाएको छ।
यस्तै शुक्रबार राति नै अर्का ३७ वर्षीय कोरोना संक्रमित पुरुषको पनि मृत्यु भएको छ।