काठमाडौं – पाल्पामा कोरोनाभाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तानसेन ८ मदनपोखराकी ३० वर्षीया महिला रहेकी छिन् ।
कोरोना संक्रमित ती महिलाको तानसेनको लुम्बिनी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा कोरोनाको लक्षण देखिएपछि भैरहवा प्रयोगशालामा स्वाब परिक्षण गरिएको थियो ।
उनमा भदौ ७ गते कोरोना संक्रमणबो पुष्टि भएको अस्पतालले जनाएको छ । उनलाई पहिलेदेखी नै मुटुसम्बन्धी समस्या रहेको जनाइएको छ ।
उनको कुनै ट्राभल हिस्ट्री नभएको बताइएको छ । महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ ।