एजेन्सी । पाकेको कटहर खानका लागि एकदमै स्वादिष्ट र पोषक तत्वहरूले भरपूर हुन्छ । यो काँचो तरकारीको रूपमा खाँदा पनि उत्तिकै फाइदाजनक हुन्छ ।
साथमा यसका बीजहरू पनि पोषक तत्वहरूले भरपूर हुन्छन् । आज हामी कटहरको बीजबाट पाइने फाइदाहरूका बारेमा जान्नेछौं-
कटहरको बीज सेवन गर्नु हड्डीको स्वास्थ्यका लागि राम्रो मानिन्छ । यसमा पाइने क्याल्सियमको गुणले हड्डीलाई बलियो बनाउँछ ।
पाचनसँग जोडिएका समस्याहरूबाट छुट्कारा पाउनका लागि कटहरको बीज एकदमै फाइदाजनक हुन्छ । यसमा फाइबरको गुण भरपूर मात्रामा पाइन्छ ।
शरीरलाई तुरून्तै ऊर्जा प्रदान गर्नका लागि प्रोटिनले भरपूर कटहरको बीज खानुहोस् । कटहरको बीजमा राइबोफ्लेविन, कपर, म्याग्नेसियम र पोटाशियम जस्ता पोषक तत्वहरू पाइन्छन् ।
कटहरको सीजन आएसँगै काँचोमा यसलाई तरकारीको रूपमा खान सकिन्छ भने पाकेपछि यसको फल र बीज दुबै सेवन गर्न सकिन्छ । यसमा भिटामिन सी र जिंक जस्ता तत्व पनि हुने भएकाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ ।
कटहरको बीज उसिनेर त्यसलाई तरकारीको रूपमा पनि खान सकिनेछ । कटहरको बीजलाई पोलेर खाँदा पनि त्यत्तिकै स्वादिष्ट हुन्छ ।