काठमान्डौ उपत्यकामा आज थप ४१५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रबक प्रा.डा. जागेश्वर गौतमका अनुसार काठमान्डौ, ललितापिर र भक्तपुरमा गरि थप ४१५ जना कोरोना संक्रमित थपिएका हुन् ।
प्रबक्ता गौतमका अनुसार काठमान्डौमा ३५० जना , भक्तपुरमा ५४ जना र ललितपुरमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं ११ भदौ / पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड -१९) को अवस्था भयावह बन्दै गइरहेको छ । लकडाउन गरेर बिचमा लकडाउन खुला गरेपछि कोरोना समुदायमा फैलिएको छ । सरकारले फेरि कोरोना रोकथाम र नियन्त्रणका लागि भदौ ३ देखि कडा लकडाउन लागू गरेको छ ।
लकडाउन गरेपनि कोरोना संक्रमित दिनानुदिन बढ्दै गइरहेको छ ।
पछिल्लो २४ घन्टा भित्र मुलुकमा ९ सय २७ जना कोरोना संक्रमित थपिएको स्वस्थ्य मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको सङ्ख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।
त्यस्तै पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमित सङ्ख्या ह्वात्तै बढ्दै गइरहेको छ । पछिल्लो २४ घन्टा भित्र उपत्यकामा ४ सय ७७ संक्रमित थपिएको छ । उपत्यका थपिएको संक्रमित सङ्ख्या हालसम्मकै उच्च हो ।
कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या पनि बढ्दै गइरहेको छ । आज गर्भवती महिला सहित थप जनाको कोरोनाबाट ज्यान गएको छ ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउने सङ्ख्या १ सय ९५ पुगेको छ भने कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको सङ्ख्या २० हजार नाघेको छ ।