स्थानीय बजारमा बुधबार सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य तोलामा १ लाख ४६ हजार ३०० रुपैयाँ तोकिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार पनि सुनको मूल्य घटेको थियो। त्यस्तै सोमबार तोलामा १ लाख ५० हजार रुपैयाँमा रेकर्ड कायम गरेको छापावाल सुन मंगलबार २ हजार ३०० रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँ कायम भएको थियो। जसमा बुधबारसम्म आइपुग्दा सुनको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँ घटेको छ।
यस्ते, बुधबार चाँदीको मूल्य तोलामा १ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी तोलामा १ हजार ७२५ रुपैयाँ कारोबार भएको थियो।