काठमाडौं उपत्यकामा ब्रोइलर कुखुराको तयारी मासु प्रतिकिलो २ सय ४० मा पनि विक्रि वितरण भैरहेको छ ।लामो समयदेखि लकडाउन भएको कारणले गर्दा मानिसहरुको आम्दानी स्रोत घुम्चिन गएपछि बजारमा मासु खपत कम हुन थालेको कुखुरा व्यवसायीहरुले बताएका छन् ।लकडाउनले गर्दा बजारमा दानाको अभाव भएको छ भने बजारमा माग नहुँदा कुखुरा बेच्न पाइएको छैन ।
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक साढे दुईदेखि तीन लाख किलो मासुको माग हुने गरेको संघले जनाएको छ । तर, लामो समय लकडाउनको कारण उक्त खपत आधा कम भएको झरेको नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसी बताउँछन् ।
तराइका जिल्लामा ब्रोइलर उत्पादन बढेको र ती कुखुरा काठमाडौं भित्रिने क्रम बढ्दा पनि काठमाडौंमा मूल्य ओरोलो लागेको व्यवसायीहरुले जनाएका छन् । काठमाडौं बाहिरका जिल्लामा कुखुराको मासु झनै सस्तो भएको बताइएको छ ।