१२ भदौ, मकवानपुर । कोरोना संक्रमण पोजेभि देखिएकी हेटौंडा–१९ की ७१ वर्षीया महिलाको मृत्यु भएको छ । चितवन मेडिकल कलेज अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान मृत्यु भएको हो ।
अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार बुधबार भरतपुरमा रहेको चितवन मेडिकल कलेजको स्वाब संकलन केन्द्रमा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको थियो । उनलाई ७ गते उपचारका लागि त्यहाँ लगिएको थियो ।उनी दम र निमोनियाको समेत बिरामी रहेको जनाइएको छ । यससँगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।