काठमाडौं । सरकारले आइतबार (आज) काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
रातो मच्छिन्द्रनाथको भोटो देखाउने दिन परेकोले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
संघीय राजधानी काठमाडौंमै शेयर बजार सञ्चालक नेप्से कार्यालय रहेकाले उपत्यकामा सार्वजनिक बिदा हुँदा नेप्से पनि बन्द हुने भएको हो । साथै, काठमाडौं उपत्यकाभित्रका बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।