काठमाडौं । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) लाई लिएर हरेक दिन नयाँ–नयाँ नियमहरु लागु गर्ने गरिएको छ । यो बीचमा अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ) ले बालबालिकालाई मास्क लगाउने विषयमा नयाँ नियम ल्याएको छ । डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति फैलाउँछ अहिलेसम्म प्रष्ट भएको छैन । तर किशोर आयुका बालबालिकाले वयश्कले सरह भाइरस फैलाउँन सक्छन् ।
त्यसकारण डल्ब्यूएचओले ६ देखि ११ वर्ष उमेरका बालबालिकालाई मास्क लगाउन भनेको छ । अर्को तिर ६० वर्षका कम उमेरका मानिसहरुले पनि कम्तिमा कपडाको मास्क लगाउनुपर्छ भनिएको छ । ६० वर्षभन्दा बढी उमेरका मानिस र विरामीले भने मेडिकल मास्क लगाउनुपर्छ । यो सँगै डल्ब्यूएचओले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन अनुरोध गरेको छ ।