११ साउन, काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यलाई आइसियूबाट क्याबिनमा सारिएको छ ।
उनलाई हिजो राति नै आइसियूबाट सारिएको हो । शाक्यको टाउको र शरीरमा चोट लागेको थियो । उनी केएमसीको आइसीयूमा उपचारत थिए ।
सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्नेबित्तिकै दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको थियो । क्याप्टेन शाक्य गम्भीर घाइते भएका थिए।
सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज (शुक्रबार) आफन्तलाई बुझाउने तयारी गरिएको छ ।
त्रिवि शिक्षण अस्पतालमा ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट भइसकेको र परिवारबाट सङ्कलन गरिएको हुलिया ‘म्याचिङ’ सकिएपछि आफन्तलाई बुझाइने अस्पातले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु भएका १८ जनामध्ये ४ जनाको शरीर धेरै जलन भएका कारण पहिचान गर्न केही समस्या देखिएको छ । १४ जनाको भने पहिचान खुल्न सक्ने अस्पतालले जनाएको छ ।
आज साँझ चार बजेसम्म हुलिया ‘म्याचिङ’ आवश्यक प्रक्रिया सकेर त्यसपछि परिवारलाई शव बुझाइने