हरेक सम्बन्ध आफ्नो तरिकामा फरक हुने गर्छ । चाहे त्यो कुनै साथीसँग होस् या त सम्बन्ध । यी सम्बन्धमा उत्तारचढाव आउने गर्छ । तर तपाईको सम्बन्ध भर्खरै सुरु भएको हो की लामो समयदेखि नै हो ? तपाई सम्बन्धलाई सधैँ स्वस्थ राख्नको लागि विभिन्न कोसिस गर्नुपर्छ । जसले गर्दा हरेक समयमा पनि तपाईको सम्बन्ध फ्रेस हुन्छ ।
यस्तैमा केही सम्बन्ध यस्तो पनि हुने गर्दछ । जहाँ कुनै पनि जोडी एक अर्कासँग लामो समयदेखि सम्बन्धमा रहेको त हुन्छ । तर लामो समयदेखि कुनै पनि कुराकानी भएको हुन्न । यस अवस्थामा यस्ता केही तरिका पनि छन् जहाँ केटा मान्छेले आफ्नो प्रेमिकासँगको सम्बन्धमा समयअनुसार फ्रेस राख्न सक्छन् । यसका साथै सम्बन्धमा पहिले जस्तै टिकाउ पनि हुन्छ ।
१, एकअर्कासँग समय बिताउने
धेरै जोडीहरु समय अभाव भन्दै एकअर्कासँग समय विताउन बन्द गर्छन् । जसले गर्दा उनीहरुको सम्बन्धमा पहिलाको जस्तै कुराकानी भएको हुन्न । आफ्नो यादलाई ताजा बनाएर राख्नको लागि एक अर्कासँग समय बिताउनु पर्छ । पहिलो पटक मिलेको जस्तै गरी प्रपोज गर्ने । काम, परिवार र व्यस्त जीवनशैलीका कारण केटा मान्छेले समय दिन सक्दैन । यस्तो अवस्थामा मुस्किलैले भए पनि थोरै समय जरुर निकाल्नुहोला ।
कुराकानी पक्कै पनि गर्नुहोला
कुराकानी तथा सम्पर्क हरेक सम्बन्धको लागि अत्यावश्यक चिज हो । जहाँ तपाईको कुराकानी बन्द हुन्छ । त्यहाँ कम्युनिकेशन ग्याप पनि हुने गर्दछ । यसले गर्दा तपाईको सम्बन्धमा दूरी पनि आउने गर्छ । यदि तपाईको गलफ्रेन्ड टाढा भए पनि तपाई आफ्नो सम्बन्धलाई मजबुत बनाउनको लागि समय समयमा कुराकानी गर्नुहोस् । यसले तपाईको सम्बन्धलाई राम्रो र बलियो बनाउँछ । गर्लफ्रेन्डसँग नियमित कुराकानी गर्नुहोस् । उसले कुराकानी गर्न चाहेको बेलामा सकेसम्म कुरा गर्ने कोसिस गर्नुहोस् ।
३, प्रेमको भाषा सिक्नुहोस्
हरेक व्यक्तिको माया गर्ने तरिका फरक फरक हुन सक्छ । जस्तै कसैलाई भिडियो कल गर्न, कल गर्न मन पर्छ । यदि तपाईले तपाईको गर्लफेन्डको माया गर्ने तरिका थाहा पाउनु भयो भने दिलको तार आफैँ कनेक्ट हुन्छ । त्यसैले गर्दा महिलाहरुको माया गर्ने तरिका थाहा पाउनुहोस् ।
४ उसको कुरा सुन्ने
अक्सर केटाहरु केटीहरुको कुरा खासै सुन्न मन पराउँदैनन् । आफ्नै कुरालाई मात्रै मनाउने कोसिस गरिरहेका हुन्छन् । यस्तो गर्नाले तपाई सम्बन्ध कमजोर हुुन सक्छ । किनकि केटी मान्छे आफ्नो कुरा सुन्ने मान्छे चाहान्छन् । यदि उ गलत छ भने उसलाई सम्झाओस् । तर कमसेकम उसको पुरा कुरा सुनिदिओस् । यदि तपाई यस्तो गर्नुहुन्न भने अब गर्न थाल्नुहोस् । यसले तपाईको सम्बन्धलाई अगाडि लैजान्छ ।
५ सानो सानो कुरामा बहस नगर्ने
तिमी किन ढिला आयौँ ?, फोन किन गरिनौँ ?, यहाँ किन गएको, त्यहाँ किन गएको ? जस्ता बेतलबका कुरामा केटा र केटी झगडा गर्ने गर्छन् । यदि तपाई पनि यस्तो गर्नुहुन्छ भने यसले तपाईको सम्बन्धलाई असर पार्न सक्छ । त्यसैले यस्तो स सानो कुराबाट अगाडि बढ्नुहोस् । केटी मान्छेलाई केही समय स्पेश दिएर बहस गर्नबाट बच्नुहोस् ।