काभ्रे । जिल्ला स्थित धुलिखेल नगरपालिका वडा नं ५ खड्पु चोकमा मर्निङवाक जानेक्रममा एक पुरुषको लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा बनेपा नगरपालिका ३ विद्युत प्राधिकरण कार्यालय नजिकै बस्ने रामप्रसाद दंगाल रहेको काभे्र प्रहरीले जनाएको छ । दंगाल मृटु रोगको विरामी थिए । मर्निङवाक जानेक्रममा लडेर बेहोस भएपछि स्थिानीयको सहयोगमा उपचारको लागी धुलिखेल अस्पताल लगिएको थियो ।
उपचारको क्रममा विहान ९ ः ४० मा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।