काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मुल्य स्थिर रहेको छ ।
शुक्रबार प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोहि मूल्यमा कारोबर भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मुल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मुल्य पनि स्थिर नै रहेको छ । चाँदी तोलामा १ हजार ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।