एजेन्सी । हत्केला शरिरको संवेदनशील अंगमध्ये एक हो । यो सबैभन्दा बढी प्रयोग वा उपयोगमा आउने अंग हो । त्यसैले हत्केला चिलायो भने यसले हाम्रो दैनिक गतिविधिलाई नै प्रभावित पार्छ । हत्केला चिलाउने समस्यालाई पैसा प्राप्त गर्ने वा गुम्ने परम्परागत मान्यतायसँग पनि जोडिएको पाइन्छ । हत्केला चिलाउनु पैसासँग कुनै साइनो छैन ।
छालाको कोषहरु तीव्र बृद्धि भएमा र छालाको सतहमा जम्मा भएपनि हत्केला चिलाउँछ । कहिले काहिँ आफै छाला कन्याउँदा पनि यस्तो समस्या उत्पन्न हुन्छ ।झिंगाको संक्रमणले पनि यस्तो समस्या ल्याउँछ । झिंगा हत्केलाको माथिल्लो सतहमा बस्दा यो समस्या आउँछ । बढी भिडभाड भएको ठाँउमा झिंगाको संक्रमण हुने गर्छ ।
विशेष गरी बालबालिका र बृद्धबृद्धा यस्तो संक्रमणबाट प्रभावित हुन्छन् । मधुमेह र छालाको समस्या पनि एक अर्कासँग सम्बन्धित हुन्छन् । तसर्थ अत्यधिक हत्केला चिलाउनु मधुमेहको पनि संकेत हो ।यस्तै लिभरसँग सम्बन्धित समस्याले पनि हत्केला चिलाउन सक्छ । कलेजोमा गम्भीर समस्या नआउँदै हत्केला र खुट्टाको पैतला चिलाउँछ । चिलाउने समय र अवस्था फरक फरक हुन्छ ।
हिले अकस्मात हुन्छ भने कहिले दिन वा रातमा मात्र चिलाउँछ । रगत प्रवाह गर्ने प्रणालीमा र विशेष गरी लिभरमा एसिड उत्पन्न हुँदा हातको हत्केला चिलाउँछ । हात चिलाउने समस्या रोक्न एन्टिहिस्टामाइन दिइन्छ ।खानेकुराको एलर्जीले पनि हत्केला चिलाउँछ । कसै कसैलाई कुनै खानाले एलर्जी गरिहाल्छ र त्यसको असर हत्केलामा देखिन्छ । अन्डा, बदाम, दूध र समुद्री खानेकुराले पनि कसै कसैलाई एलर्जी बनाउँछ । यी खाना खाने बित्तिकै कोहि कोहिलाई एलर्जी भइहाल्छ ।
यसैगरी नाडीको हड्डीको नसारुमा भएको चोटपछि हात र औलामा हुने पीडाले पनि हत्केला चिलाउँछ । शरिरमा मध्यम खालको नसा दबिएमा कार्पेल टनेल सिन्ड्रोम हुन्छ ।अध्यधिक लेख्दा, टाइप गर्दा तथा हात र औलाहरुको बढी प्रयोग हुँदा यस्तो अवस्था आउँछ । असन्तुलित तरिकाले हत्केला चिलाउनु कार्पल टनेल सिन्ड्रोमको संकेत हो ।
औषधी वा शल्यक्तियाको तरिकाले पनि यो सिन्ड्रोमको उपचार गर्न सकिन्छ । एस्पिरिन, आईबुप्रोफिन, कोर्टिकोस्टेरोइड्सले नशाको दबाबलाई शान्त पारी हत्केला चिलाउन रोक्छ । नशालाई दबाब दिने तन्तुलाई शल्यक्रिया गरेर पनि चिलाउने समस्या रोक्न सकिन्छ ।यसैगरी छालाको समस्याले पनि हत्केला चिलाउँछ । छाला सम्बन्धि यो रोग लाग्दा औलाहमा प्रभाव पार्छ । गर्मी र जाँडो मौसममा यसले प्रभाव पार्छ ।