काठमाडौं । नेपालमा काेराेना भाइरसबाट संक्रमित र निधन हुनेकाे संख्या दिनहुँ बढ्दै गएकाे छ ।
गत २४ घण्टामा ११ जनाकाे निधन भएकाे छ । गत २४ घण्टामा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिनुभयाे ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेकाे छ । तीमध्ये १९ हजार ५ सय ४ जना निकाे भएका छन् । गत २४ घण्टामा ३ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
संक्रिय संक्रमितको संख्या १४ हजार ४ सय ३९ छ । गत २४ घण्टामा १३ हजार २ सय ५३ जनाको पीसीआर परीक्षण गरिएको छ ।