२९ चैत, काठमाडौं । जुम्लाको गुठिचौर गाउँपालिका(४ थामबाडा गाउँका मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेका छन्।
विषालु घाँस खाएर मरेको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन। बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याइएको छ। तीन जना पुरुष र तीन जना महिला बिरामी परेका हुन् ।
बिरामी हुनेमा ४० वर्षका विष्णु बहादुर अधिकारी उनकी श्रीमती कमलदेवी अधिकारी, छोरा सुर्य अधिकारी, छोरीहरू शुक्ष्मा अधिकारी र सावित्री अधिकारी तथा ज्वाइँ राजेश खत्री रहेका छन्। उनीहरु सबैले बुधबार बिहान ९ बजेतिर मरेको भेडाको मासु खाएका थिए ।
बिरामी ६ जनाको अवस्था सामान्य देखिए पनि अवस्था बिग्रन सक्ने भएकाले केही भन्न नसकिने उपचारमा संलग्न डा।रमाकान्त रायले बताएका छन् ।