केराको फाइदाको बारेमा तपाईले धेरै सुनेको पढेको हुनुहुन्छ होला । केरामा पोषक तत्व पाइन्छ । यसको सेवन गर्नाले हाम्रो शरीरलाई धेरै फाइदा गर्छ । आयुर्वेदमा केराको सेवनलाई ऊर्जावर्धक र बलवर्धकको रूपमा वर्णित गरीएको छ । यदि तपाई केरा खानुहुन्न भने पनि यसको सेवन गर्न सुरु गर्नुहोस् । आज हामी तपाईलाई केरा कसरी खाने भनेर बताउन गैरहेका छौ । यो तरीका अरुभन्दा फरक छ । शायद तपाइले यस्तो कहिल्यै पनि गर्नु भएको छैन । बेलुका सुत्नुभन्दा पहिला केरा उमालेर खानाले तपाईले केहि दिनमै यसको प्रभाव देख्न थाल्नु हुनेछ । केहि मान्छेहरु तौल बढाउन पनि केराको प्रयोग गर्छन् । अब हामी तपाईलाई केराको औषधीय प्रयोगको बारेमा बताउदैछौ ।
यो प्रयोग धेरै सजिलो र लाभदायक रहने छ । यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने केराको सेवनले तपाईको लागि फाइदाजनक साबित हुनेछ । केरामा पाइने क्याल्सियमले तपाईको शरीरमा बल दिनुका साथै हड्डीहरुलाई पनि बलियो बनाउँछ । त्यसैले आयुर्वेदमा पनि यसलाई हड्डीहरुलाई बलियो बनाउने एक फल मानिन्छ । यदि तपाईलाई रातमा निन्द्रा नलाग्ने समस्या छ भने सुत्नुअघि एक कप केराको चिया बनाएर पिउनुहोस् । निरन्तर एक हप्तासम्म यसो गर्नाले तपाईले रातमा राम्रो निन्द्रा पाउनुहुनेछ । साथै बिहान उठ्दा पहिलेभन्दा बढी आराम महसुस गर्नु हुनेछ ।
बनाउने विधि: यदि तपाईलाई निन्द्रा नलाग्ने समस्या छ भने एउटा पाकेको केराका साथै एउटा सानो दालचिनीको टुक्रा लिनुहोस् र एक कप पानी लिनुहोस् । यसपछि, पानीमा दालचीनी राख्नुहोस् र यसलाई उम्लिन दिनुहोस् । पुरै उम्लिसकेपछि केरालाई बोक्रा सहित सानो-सानो टुक्रामा काट्नुहोस् र उम्लिरहेको पानीमा हाल्नुहोस् । १० मिनेटसम्म सानो आगोमा पकाएपछि छानेर पानीलाई चिया जस्तै गरी पिउनुहोस् । यसो गर्नाले तपाईको ननिदाउने समस्यामा राहत पुग्नेछ । तपाईको निन्द्रा राती पनि खुल्छ भने यो तपाईको लागि फाईदाजनक हुनेछ ।सायद तपाईलाई थाहा छैन कि यसको बोक्रापनि धेरै गुणकारी हुन्छन् । केराको बोक्रामा पोटाशियम र म्याग्नेसियम पाइन्छ । यी दुवै नर्वस सिस्टमलाई आराम गरेर निन्द्रा लाग्न मद्दत गर्छ ।
काँचो केरा खादा हुने फाइदाहरु: काँचो केरा खादा आइरनको पदपूर्ति मात्र गर्दैन यसले धरै रोगहरुबाट समेत बचाउछ । काँचो केरालाई तरकारीको रुपमा प्रयोग गर्ने सकिन्छ । काँचो केराको उपयोग कमै हुने गर्छ किनभने यो पाकेको केरा जतिको मिठो हुँदैन । तर काँचो केरा स्वास्थ्यको लागी निकै फाइदाजनक छ । यसले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पार्न मद्धत गर्छ ।
तौल घटाउँछ: नियमित रुपमा काँचो केरा खाने हो भने मानिसको पाचनतन्त्र बलीयो हुन्छ र पेटमा अतिरिक्त बोसो जम्न पनि पाउँदैन । बोसो जम्न नपाएपछि मोटो हुने चिन्तै रहेन । यसले गर्दा हाम्रो शरीरको तौल घट्न मद्धत पुग्छ । कब्जियतको समस्याबाट मुक्त: यदि तपाईलाई कब्जियतको समस्याले सताएको छ भने हरेक दिन काँचो केरा खाने गर्नुहोस । यसले तपाईलाई खाना पचाउन मद्धत गर्छ । जसले गर्दा तपाइको कब्जियतको समस्या हराएर जान्छ । यसमा पाइने फाइबरले पेट सफा गर्न मद्धत गर्छ ।
मधुमेहलाई फाइदा: मधुमेहका विरामीका लागि काँचो केरा अति उत्तम । काँचो केरामा भएको टरर्रोपनले रगतमा सुगरको मात्रा सन्तुलनमा राख्छ । धेरैजसो मधुमेहका विरामीलाई अति गुलिया फलफुल खानबाट वञ्चित गरिन्छ । काँचो केरा भने मधुमेह नियन्त्रण गर्ने एक औषधी नै हो । यही कारण उनीहरु काचो केराको तरकारी पेटभरी खानसक्छन् ।