कुनै समय तपाइँ हाम्रो आँखा अवश्य फरफराएको हुनुपर्छ। आँखा विभिन्न कारणवाट फरफराउन सक्छ तर हाम्रो समाजमा आँखा फरफराउनुलाई शुभ या अशुभ संकेत मान्ने अन्धविश्वास छ ।
सामुद्रिक शास्त्रअनुसार आँखा फरफराउनुलाई कुनै घटना वा खबर प्राप्तिको पूर्वसङ्केतका रूपमा लिइन्छ । पुरुषको दायाँ आँखा फरफराएको शुभ मानिन्छ। पुरुषको दायाँ आँखा फरफराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ । तेस्तै महिलाको बायाँ आँखा फरफराउनु शुभ मानिन्छ । महिलाको बायाँ आँखा फरफराएमा सुनचाँदी लगायत गहना वा कारोबारमा लाभ मिल्ने मान्यता छ ।
तर चिकित्सकहरूका अनुसार धेरै तनाव र थकानका कारण निद्रा नपुग्दा, म्याग्नेसियमजस्ता केही पोषक तत्त्वको कमी हुँदा, चिया, कफी वा अल्कोहल बढी सेवन गरेमा र कसैको आँखामा एलर्जी भई पानी आएमा, चिलाएमा आँखामा मांसपेशी सम्बन्धित समस्या हुँदा, आँखा फरफराउने समस्या हुन सक्छ ।
आखा फरफराउनु पुर्णतया हाम्रो जैविक कारण हो । आँखा वरपरका साना मांसपेशी तथा नशामा हुने हलचलकै कारण आँखा फरफराउँछ । यो फरफराई केही सेकेण्ड देखि केहीघण्टासम्म हुनसक्छ । कसैकसैलाई हप्तादिनसम्म पनि आँखा फरफराउने गर्छ ।