काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा मुछिएका गीतेन्द्रबाबु (जीबी) राईलाई पक्राउ गर्न पहल गरिरहेको बताएका छन् ।
मंगलवार संसद् बैठकबाट निस्किने क्रममा सञ्चारकर्मीले सोधेको ‘जीबी राई कहिले पक्राउ पर्छन् ?’ भन्ने प्रश्नको जवाफ दिँदै उनले काम भइरहेको दाबी गरेका हुन् । ‘काम गर्दैछु, गरेपछि थाहा हुन्छ, भएपछि ब्रेकिङ गर्नुहोस्,’ उनले भने । पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष राई र उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गरेको उजुरी छ । राई भने फरार छन् ।