• मेनु
  • प्रदेश शंस्करण
  • गृह पृष्ठ
  • देश/परदेश
  • अन्तरवार्ता
  • अर्थ खबर
  • सम्पादकीय खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कोरोना [Covid-19] विशेष
  • कला/मनोरंजन
  • प्रदेश नं. १
  • प्रदेश नं. २
  • बागमती
  • गण्डकी
  • प्रदेश नं. ५
  • कर्णाली
  • सुदुर पश्चिम
आज: २०८२ जेष्ठ १, बुधबार
Trending
पक्राउसन्दीप लामिछानेविमान दुर्घटनारवि लामिछानेबलात्कारराशिफलदुर्घटनापल शाह
  • आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    १ हफ्ता अघि

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    १ हफ्ता अघि

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    १ हफ्ता अघि

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    १ हफ्ता अघि

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    १ हफ्ता अघि

    आइतबार सुनको भाउ बढ्यो

    २ हफ्ता अघि

    सुनचाँदीको मूल्य स्थिर

    ३ हफ्ता अघि

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ३ हफ्ता अघि

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १ महिना अघि

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    १ महिना अघि
FLASH NEWS
  • १आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना
  • २हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल
  • ३‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई
  • ४काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ
  • ५स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक
  • ६आइतबार सुनको भाउ बढ्यो
  • ७सुनचाँदीको मूल्य स्थिर
  • ८तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार
  • समाचार
  • राजनीति
  • अन्तरवार्ता
  • अर्थ खबर
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • राशिफल
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • अपराध
    • देश/परदेश
    • व्यक्तित्व
    • कोरोना [Covid-19] विशेष
    • साहित्य
    • बिचित्र संसार
आज: २०८२ जेष्ठ १, बुधबार
in
होमपेज / समाचार
  • २३४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • रवि लामिछानेका पक्षमा खम्बा बनेर उभिए प्रचण्ड, कांग्रेसलाई फर्काए खरो जवाफ

  • संदेश पत्र
  • २०८० चैत्र ६, मंगलबार (१ साल अघि)
  • फाईल तस्विर

    काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी र आफूलाई ज्ञापनपत्र दिए पनि लामिछाने निर्दोष रहेको दाहालको भनाइ छ ।

    कान्तिपुर टेलिभिजनबाट सोमबार प्रसारित ‘फायर साइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठले सामयिक राजनीतिबारे प्रधानमन्त्री दाहालसँग संवाद गरेका थिए । उतिबेला विवादमा आएका मन्त्रीलाई हटाउन चाहनुहुन्थ्यो तर मन्त्रिपरिषद् विस्तार गर्दा फेरि पनि किन विवादित मन्त्रीहरू ल्याउनुभयो नि भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालको प्रतिप्रश्न थियो– ‘को हुनुहुन्छ र विवादित मन्त्री ?’

    जसको विषयमा पोखरामा ज्ञापनपत्र बुझ्नुभयो भनेर स्मरण गराएपछि दाहालले भने, ‘ज्ञापनपत्र उहाँहरूले ल्याउनुभयो । मैले बुझें । यो स्वाभाविक भयो । रवि लामिछानेको बारेमा जो चर्चा छ, त्यो कहींकतै प्रमाणित छैन । त्यस्तो आधार पनि छैन । एउटा उजुरी पोखरामा परेको छ । उजुरी परेकै आधारमा मन्त्री बन्न नहुने, मन्त्री छाड्नुपर्ने हुँदैन । उजुरी जसका बारेमा पनि जहाँ पनि पर्न सक्छ ।’

    सहकारी ठगीका विषयमा जसका बारेमा आम रूपमा यो मान्छे दोषी भने प्रश्न उठाइरहेका छन् । त्यही व्यक्ति गृहमन्त्रीको पदमा रहँदा यो विषयमा अनुसन्धान सही तरिकाले अगाडि बढ्छ र त्यसले निकाल्ने प्रतिवेदन सही हुन्छ भन्ने कुरामा अलि असहज हुँदैन भन्ने प्रश्नमा दाहालको भनाइ छ, ‘मैले अनुसन्धानकर्मीसँग बुझेको छु । त्यसअनुसार रविको दोष छ भनेर मलाई भनिएको छैन । यो विषय मैले संसद्मा पनि राख्छु ।’

    गृहमन्त्रीबाट लामिछाने हट्नुपर्छ भन्ने कांग्रेसको अभिव्यक्तिले नैतिकताको ठूलै खडेरी परेछ भन्ने आफूलाई महसुस भएको उनले बताए । ‘कांग्रेसले रवि लामिछाने आफूतिर आउने भए प्रधानमन्त्री बनाउन तयार हुने, आएन भनेपछि गृहमन्त्री छाड्नुपर्छ भन्ने के राजनीति भयो ? के नैतिकता भयो ?’ उनले प्रश्न गरे । सुन तस्करीमा पनि सबै प्रकरण सम्बन्धित निकायलाई ‘गो अहेड’ भनेको प्रधानमन्त्रीको भनाइ छ । ‘आयोगले बुझाएको प्रतिवेदन हेरेको छु । प्रतिवेदनअनुसार कारबाही हुन्छ । जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याइन्छ । केही दिनपछि प्रतिवेदन सार्वजनिक गर्ने तयारीमा छु । यसमा यो–त्यो भन्ने मेरो केही पनि छैन । दोषी कोही पनि नछुटुन्, कोही निर्दोष नपरुन् भन्ने कुरामा म प्रतिबद्ध छु । मैले सम्बन्धित निकायलाई ‘गो अहेड’ भनिसकेको छु’ उनले भने ।

    फायर साइडकै पछिल्लो एपिसोडमा जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्रीले एउटा प्रसंगमा काठमाडौं महानगरका मेयर बालेन शाहको फेसबुक स्टाटसका आधारमा पक्राउ गर्नुपर्छ भनेर गोप्य बैठक राखेको दाबी गरेका थिए । यस सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘बालेनजीले चुनाव जित्दा बगैंचामा फुलेको एउटा फूल हो भनेको थिएँ । जतिबेला उहाँले सिंहदरबार जलाइदिन्छु जस्ता अभिव्यक्ति दिएपछि यो ठीक छैन भनेर हामीले छलफल गरेकै हो । तर पक्राउ गरिहाल्ने निर्णय गरेको होइन । के गर्नुपर्छ भनेर छलफल भएकै हो ।’

    काठमाडौं महानगरको मेयर जस्तो मान्छेले सिंहदरबार जलाइदिन्छु भन्नु गलत भएको भन्दै दाहालले भने, ‘तर सीके राउतजी अहिले अर्कै छोरमा हुनुहुन्छ । उहाँले बालेन र प्रचण्डका बीचमा कसरी झगडा पारौं भनेर सोच्नुभयो होला । मैले बालेनलाई अहिले पनि लोकतान्त्रिक बगैंचाको फूल मानेको छु ।’

    भ्रष्टाचार मुद्दामा थुनामा रहेका व्यक्तिसँग मुख्य सचिव (वैकुण्ठ अर्याल) ले सन्दिग्ध आर्थिक लेनदेन गरेको विषयमा सप्रमाण समाचार आए पनि कारबाही नभएको विषयमा प्रधानमन्त्रीको भनाइ थियो, ‘खास कुरा के हो भनेर मैले मुख्यसचिवसँग पनि छलफल गरिरहेकै छु । तर पत्रिकामा आउँदैमा केही गरिहाल्नुपर्छ भन्ने बाध्यता हुँदैन । नैतिक रूपमा कसैले बुझ्यो भने त एउटा कुरा भयो । तर, जसले यो मुद्दालाई हेरिरहेको छ, त्यसले मुद्दाका रूपमा दर्ता नगरेसम्म उसलाई हटाउने कुरा प्रक्रिया नपुग्दा अप्ठेरो हुन्छ । त्यसो भए कि त सबैलाई हटाउँदै हिँड्नुपर्‍यो ।’

    आर्थिक समृद्धि र सुशासनको पक्षमा काम गर्न नयाँ गठबन्धन बनेको र पोहोरको भन्दा अहिले मैले आफूलाई बलियो ठानेको पनि दाहालले बताएका छन् । ‘सरकारको अवधि कति जान्छ त म भन्न सक्दिनँ । राजनीतिक घटनाक्रम कसरी जान्छ त्यसले निर्धारण गर्ला । तर काम गर्न पहिलेको गठबन्धनभन्दा अहिलेको गठबन्धनमा सुविधा छ’ उनले भने, ‘हिजो म यताबाट प्रधानमन्त्री हुन ठिक्क परेको मान्छे, अर्को ठाउँमा गएर प्रधानमन्त्री हुँदा दिएर खाने प्रधानमन्त्री जस्तो भयो । निरीह प्रधानमन्त्री भएँ कि क्या हो त भन्ने मनोविज्ञान थियो । अहिले सहज छ ।’

    यसपालि एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा भनेको अभिव्यक्तिलाई पनि प्रधानमन्त्री दाहालले जोड दिएर उद्धृृत गरे । ‘केपीजीले पनि अहिले प्रचण्डले जोखिम उठाएर देशका लागि, विकासका लागि गर्नुभयो, भन्नुभयो । त्यसले मलाई म दिएर खाने होइन, केही गरेर देखाउने खालको प्रधानमन्त्री बनें भन्ने महसुस गरेको छु’ उनले भने ।

    जनतामा आशा जगाएको नयाँ दल (रास्वपा) केही गर्नैपर्ने बाध्यतामा रहेको, उसले महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी लिएकाले नयाँ मन्त्रीहरू पनि काममा अग्रसर भएको उनको भनाइ छ । ‘उहाँ लाग्नुभएको छ । मैले जानुहोस्, प्रधानमन्त्रीका रूपमा मेरो साथ छ भनेको छु’ दाहालले भने । कांग्रेस महासमिति बैठकमा छलफल गरेको विषयमा प्रधानमन्त्री र माओवादीले आपत्ति जनाउन कसरी पाउँछ भनेर उठेको प्रश्नमा दाहालले भने, ‘कांग्रेस आफ्नो विचार राख्न स्वतन्त्र छ । हिन्दु राष्ट्र बनाउन अगाडि बढ्न पनि सक्छ । तर, त्यसबारे धारणा राख्न माओवादी लगायतका अन्य राजनीतिक दल पनि स्वतन्त्र छन् भन्ने बुझ्न पर्‍यो । म संविधानले जनतालाई दिएको अधिकारको पक्षमा छु । त्यसमा प्रश्न उठाउने प्रति मेरो आपत्ति छ ।’

    तर कांग्रेसले शान्ति सम्झौताको मर्मविपरीत जनयुद्धबारे नीतिगत प्रस्ताव पेस गर्नु गलत भएको उनको भनाइ छ । ‘गिरिजाप्रसाद कोइराला भएको भए यस्तो वक्तव्य दिने कुरालाई छुट दिनुहुन्थ्यो होला त ? भन्ने प्रश्न छ । यो संविधानको भावनाविपरीत छ । गठबन्धनबारे उहाँहरूले भनेको कुरा पनि गलत छ । हामीले नै गठबन्धन गरेर ठूलो भएको पार्टीले अहिले नै गठबन्धन गर्दैनौं, अबदेखि एक्लै लड्छौं भन्नु किन आवश्यक थियो ? त्यो गलत छ ।’

    गठबन्धन कांग्रेसलाई एक वचन पनि नसोधेको भन्ने विषयमा पनि उनले असहमति जनाए । ‘मैले एक वर्ष पुगेदेखि मन्त्रिपरिषद् पुनर्गठन नगर्ने हो भने सरकार चल्दैन भनेर पटकपटक भनेको छु । यो उहाँहरूलाई थाहा नभएको हो र ? त्यति पनि नबुझ्ने हुन्छ । त्यो घोषणा अघिल्लो दिनसम्म शेरबहादुर देउवा, भोलिपल्ट पूर्णबहादुर खड्का र कृष्ण सिटौलासँग भेटघाटै गरेको छु । त्यसैले भनेनन् भन्ने कुरा सत्य हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    ताजा समाचार
    १

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    २

    हेर्नुहोस् २०८२ साल बैशाख २० गते शनिबारको राशिफल

    ३

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    ४

    काभ्रेका पुरुषको हत्या आरोपमा सिन्धुपाल्चोकका श्रेष्ठ पक्राउ

    ५

    स्वास्थ्यका लागि सेतो भन्दा रातो आलु फाइदाजनक

    ६

    आइतबार सुनको भाउ बढ्यो

    ७

    सुनचाँदीको मूल्य स्थिर

    ८

    तपाईंको आजको राशिफल : आज मिति २०८२ साल बैशाख ७ गते आइतवार

    ९

    आज आइतवार, २०८१ चैत्र २४ गतेको राशिफल

    १०

    आजको राशिफलः २०८१ चैत्र १९ गते मंगलवार

    समाचार
    थप

    आजको मौसमः मेघगर्जनचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

    ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को उपाधि प्रशेष पाण्डेलाई

    आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

    एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

    फेसबुकमा हामी

    संदेश पत्र
    थप

    आफ्नो जग्गामा सडक बनाएको भन्दै मनिरामले गाडे बिच सडकमै पोल

    सरकारमा रहने कि बाहिरिने ? निर्णय गर्ने तयारीमा एमाले

    कालिका दैनिक अनलाइनका पत्रकार कुटपिट गर्नेलाई कारबाहीकाे माग

    रेशम सांगीतिक रमझम एकल साझ भव्य रुपमा सम्पन्न

    पत्राचार ठेगाना

    संदेश पत्र डट कम का लागी
    आर.के सन्देश मिडिया ग्रुप प्रा. लि द्वारा सञ्चालित
    सूचना तथा प्रसारण विभाग दर्ता न - १९९३/०७७-७८
    जोरपाटी -६, काठमाडौं
    हाम्रो टीमको लागि यहाँ क्लिक गर्नुहोस
    [email protected]
    [email protected]
    +977-9840332802
    www.sandeshpatra.com

    आर.के सन्देश मिडिया ग्रुप प्रा.लि.द्वारा संचालित नेपाली भाषाको अनलाईन पत्रिका हो । जोरपाटी -६, काठमाडौंमा प्रधान कार्यालय रहेको यस अनलाईन पत्रिकामा देश बिदेशका समाचार, सामाजिक, राजनितिक, सुचना प्रविधि,मनोरंजन , खेलकुद लगायतका क्षेत्रका समाचारहरु र विश्लेषणहरु समेटिन्छन । सत्य, तथ्य र सहि सुचना आम नागरिकहरुलाई दिने दायित्व यस अनलाईनले बोकेको छ । तपाईंको वरपर भएका कुनैपनि सूचना, समाचार र कार्यक्रमको जानकारी दिन र सहकार्य गर्न फोन र ईमेल मार्फत जोडिन सक्नुहुनेछ ।

    पेजहरु

    • गृह पृष्ठ
    • सम्पर्क
    • हाम्रो गोपनियता
    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • प्रितीबाट युनिकोड कन्भर्टर
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ संदेश पत्र मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution