काठमान्डौ : शीतल निवासमा शपथ लिएपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पदभार ग्रहण गर्न गृह मन्त्रालय पुगेका छन् । उनलाई गृह मन्त्रालयका कर्मचारीका साथसाथै शुभेच्छुक र कार्यकर्ताहरुले स्वागत गरेका छन् ।
गृहमन्त्रीका रुपमा रविको यो दोस्रो प्रवेश हो । यसअघि नागरिकता प्रकरणमा कमजोरी पाइएपछि उनले गृहमन्त्री पद गुमाएका थिए ।