काठमाडौं। नयाँ गठबन्धनमा खिचातानी भइरहेको गृह मन्त्रालय रास्वपाले पाउने भएको छ ।नयाँ गठबन्धनमा सुरुदेखि नै गृह मन्त्रालय दाबी गरेको रास्वपालाई अन्ततः गृह मन्त्रालय दिने सहमति भएको स्रोतले जनाएको छ।
रास्वपाको तर्फबाट गृह मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले गर्न लागेका छन् । उनको नेतृत्वमा रास्वपा सरकारमा जान लागेको हो।यस अघि रास्वपाबाट उपसभापति डोलप्रसाद अर्याल सरकारमा सहभागी भइसकेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृह मन्त्रालयसहित चार मन्त्रालय लिने भएको छ।बालुवाटारमा बुधबार दिउँसो बसेको सत्ता गठबन्धन बैठकमा रास्वपाले चार मन्त्रालय पाउने सहमति जुटेको हो।
रास्वपा स्रोतका अनुसार गृहसहित चार मन्त्रालय लिने सहमति भएको हो।स्रोतका अनुसार गृह, श्रम, शिक्षा र युवा तथा खेलकुद मन्त्रालय रास्वपाले लिने