हाल अस्ट्रेलियामा रहेकी अभिनेत्री सुष्मा कार्कीले फिल्म ‘उपहार’को डबिङ गरेकी छन्।
फिल्ममा अभिनय गरेकी सुष्माले अस्ट्रेलियाबाटै आफ्नो भागको डबिङ गरेकी हुन्।
सुष्माले सिड्नीमा राजेश घिमिरेको प्राविधिक व्यवस्थापनमा ‘उपहार’को डबिङ गरेकी हुन्।
डबिङको दृश्यमा सुष्मा निकै रिसाएकी देखिएकी छन्।
उनले अभिनेत्री बेनिशा हमाललाई अपार्टमेन्टमा फोहोर फालिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
ज्ञानेन्द्र देउजाको निर्देशित यस फिल्ममा रेखा र सुष्मासहित मुकुन भुसाल, तेज गिरी, समर्पणजंग कार्की, अंशु महर्जन, आशा भुसाललगायतको पनि अभिनय छ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतीक र समीक्षा देउजा हुन्।
यो फिल्म आगामी फागुन २५ बाट रिलिज हुँदै छ।