नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । मोरङको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा गएराति उनको निधन भएको नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापाले जानकारी दिए ।
निमोनिया भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । ‘ थापाले भने, ुत्यसपछि ब्लड प्रेसर पनि थपियो । मुटुमासमेत समस्या देखिएपछि उहाँले रोगलाई पराजय गर्न सक्नु भएन ।’
सभापति थापाका अनुसार बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् । परिवारका सदस्य सबै घरमै रहेकाले पार्थिव शरीरलाई गृहजिल्ला झापा पुर्याएर कन्काई धाममा आजै अन्त्येष्टि गरिने उनले बताए ।
सैबीच, बुढाथोकीको निधनमा कांग्रेस नेता शेखर कोइरालाले दुख व्यक्त गरेका छन् । बुढाथोकीको निधनले आफूलाई स्तब्ध बनाएको भन्दै कोइरालाले कांग्रेस पार्टी संगठनमा उनले पुर्याएको योगदान उदाहरणीय र महत्त्वपूर्ण रहेको बताएका छन् ।