काठमाडौं— अबदेखि पशुपतिनाथ मन्दिरस्थित आर्यघाट क्षेत्रको वाग्मती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न रोक लगाइएको छ ।
पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त बुढासुब्वा डिजिटल प्रालिले एक सूचनामार्फत आरती र दीप प्रज्वलनको भिडिओ खिचेर सामाजिक सञ्जालमा राखे कारबाही हुने जनाएको छ ।
हिन्दुहरूको पवित्र धार्मिकस्थल पशुपतिनाथ क्षेत्रमा हरेक साँझ आरती हुने गर्छ । आरती हेर्न ठूलो सङ्ख्यामा मानिसहरूको उपस्थिति हुन्छ ।
आरती र दीप प्रज्वलनको भिडिओ खिच्न रोक लगाइएको सूचनापछि सर्वसाधारणले आलोचना गरेका छन् ।