काभ्रेमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज थपिएका संक्रमितमा धुलिखेल अस्पतालका तीन जना कर्मचारी छन् ।
त्यस्तै बनेपा नगरपालिका वडा नम्बर ९ की २९ बर्षीय सुत्केरी महिला र वडा नम्बर १३ का ३९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या जिल्लामा कोरोना संक्रममितको संख्या १०२ पुगेको छ । दुई जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ ।