सन् २०२५ को लागि अमेरेकी ईडीभी कार्यक्रमको लागि आजबाट आवेदन दिन सकिने भएको छ । नेपाली समयानुसार आज बेलुका पौने १० बजेदेखि आवेदन दिन सकिने छ।
नेपाली समयअनुसार राति ९:४५ बजेबाट अनलाइन आवेदन दिन सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । आवेदकहरूले कात्तिक २१ गतेसम्म https://dvprogram.state.gov/ मा गएर अनलाइन मार्फत आवेदन दिन सक्ने दुतावासले जनकारी दिएको छ। फारम भर्दा दुवै कान देखिने खिचिएको पासपोर्ट साइजको फोटो समेत आवश्यक पर्नेछ । आवेदन दिँदा कुनै शुल्क लाग्दैन ।
अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह नलिन पनि भनेको छ । जसको सहयोग लिएपनि आफ्नो आवेदनका लागि आफैँ जिम्मेवार रहने भएकाले अन्यको सल्लाह नलिन दुतावासले भनेको छ ।
दुतावासले भनेको छ ‘ डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिन्छ। कृपया प्रति व्यक्ति एउटा मात्र आवेदन बुझाउनु होला। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् । यसको आवेदन तपाईंले dvprogram.state.gov मा अक्टोबर ४, राति ९:४५ बजे (नेपाली समय) देखि नभेम्बर ७, राति १०:४५ बजे (नेपाली समय) सम्मको समयमा जुनसुकै बेला पनि बुझाउन सक्नुहुन्छ। ‘