बझाङको बंगल नगरपालिका-५ मिडीमा खोलाको बाढी गाउँ पस्दा १ घर बगेको छ । गएराति ११ बजेतिर आएको पहिरोमा स्थानीय प्रताप ताम्राकारको घरसँगै २ बालक बगेर बेपत्ता भएका छन् भने ४ जनालाई सकुशल उद्धार गरिएको छ ।
बेपत्ता हुनेमा १२ वर्षीय बालक सचिन ताम्राकार र ६ वर्षीय बालक सुदीप ओखेडा रहेका छन् ।
यस्तै ४० वर्षीया पिपला ताम्राकार, १८ वर्षीया सुनिता ताम्राकार र १२ वर्षीय टिन्टी ताम्राकार र १६ वर्षीय अनिल ताम्राकारलाई घाइते अवस्थामा उद्धार गरिएको इलाका प्रहरी कार्यालय बुंगलका प्रहरी निरीक्षक नेत्र बोहराले जानकारी दिए । घाइते चारै जनाको खिरातडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
खोल्लेख-लुयटी-बेरुकाँडा सडकखण्डमा पर्ने खोलाले बग्ने धार परिवर्तन गर्दा पहिरोको रूप लिएर घर बगेको जनाइएको छ ।