मिनबहादुर तामाङ
काठमाडौ/वैदेशिक रोजगारीको सिलसिलामा मलेसियास्थित एक कम्पनिमा कार्यरत लक्ष्मी योन्जन लगाएत सोही कम्पनिमा कार्यरत नेपाली चेलीहरु निराजन घिमिरेले गर्दा बिचल्लीमा परेका छन। ७ बर्ष अगाडी वैदेशिक रोजगारीको लागि बिदेसिएका उनिहरुको सोहि कम्पनिको लिडर ललितपुर स्थायी घर भएका निराजन घिमिरेले मालिकले बितरण गर्न दिएको बैक कार्ड दुरुपयोग गरि बैकमा रहेका रकम समेत निकालेको र आफुहरुको पासपोर्टको मिति सकेकोले पासपोर्टको मिति थप गर्ने भनि आफुहरु सित भएको नगारिकता,पासपोर्ट,बैक कार्ड समेत निज निराजन घिमिरेले लिएर सम्पर्क बिहिन भएको सोहि कम्पनीमा कार्यरत रामेछापकि लक्ष्मी योन्जनले बताएकि छिन।बिश्वब्यापि आर्थिक मन्दीको कारण कम्पनि बन्द हुन लागेको र आफुहरु कागजपत्र बिहिन भएको, नेपाल फर्कन समेत नसकेकोले निज निराजन घिमिरेलाइ कानुन बमोजिम कारबाही गरेर आफुहरुलाइ उद्वार गरिदिन नेपाल सरकारलाइ अपिल गरेका छन।