काठमाडौं । कोरोना भाइरसको महामारीले प्रभावित भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले सोमबार नतिजा प्रमाणीकरण गरेको हाे ।
गत चैत ६ गतेदेखि हुने तय भएको परीक्षा कोरोनाभाइरसको कारण अन्तिम समयमा स्थगित भएको थियो ।
एसईईको परीक्षा नै लिन नसक्ने अवस्था आएपछि सरकार जेठ अन्तिमसाता विद्यालयले दिने आन्तरिक मूल्यांकालाई आधार मानेर ग्रेडिङ गर्ने निर्णय गरेको थियो ।
यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि एसईईका लागि आवेदन भरेका थिए ।
विद्यालयहरुबाट ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरणलाई बोर्डले रुजुर ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो ।
विद्यालयहरूले आफ्ना विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय इकाईमार्फत बोर्डमा पठाएका थिए
नतिजा टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने जनाएको छ ।