झापा । स्थानीयतहका कर्मचारी भनेको देश विकासको जराको रुपमा चिनिन्छन, सबैभन्दा तल्लोतहमा रहेर कार्यसम्पादन गर्दा सर्वसाधारणको पिरमर्का लगायत स्थानीयतहमा हुने गतिविधिको प्रतक्ष सरोकार हुनुपर्छ तर यस्ता कर्मचारी नै सामाजिक सञ्जालमा रासलिलामा व्यतहुने गरेका छन् ।यसरी सामाजिक सञ्जालमा रासलिला मच्चाउने झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्मरु प्रसाद निरौलाको सामाजिक सञ्जाल टिकटकमा मदिराले लट्ठ भएकी एक महिलासँग अनैतिक हर्कत गरेको भिडियो सार्वजानिक भएको छ । अधिकृत निरौलाले एक महिलासँग कार्यालयको क्वार्टरभित्रै गरेको अनैतिक गतिविधिको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएपछि आलोचना हुन थालेको छ ।
अधिकृतको क्वार्टरमा मदिरा सेवन गरी लठ्ठ भएकी एक महिलाले आफ्नो टिकटक लाइभमै निरौलासँग अनैतिक गतिविधि र संवाद गरेको देखिन्छ । भिडियोमा देखिने महिलाले निरौलालाई श्रीमानको रुपमा सम्बोधन गरे पनि उनी निरौलाकी पत्नी भने नभएको र श्रीमति जस्तै मात्र भएको भनेकी छिन् । भिडियोमा महिलालाई अंकमाल गर्दै चुम्बन समेत गरेको देखिन्छ । मदिराले लठ्ठ देखिएका निरौलाका दुई सन्तान र श्रीमती भने काठमाडौंमा बस्दै आएका छन् ।विगतमा ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी भएका बेला पनि निरौला यस्तै गतिविधिका कारण कारबाहीमा परेका थिए । करिब ५ वर्षअघि झापामा सहायक प्रमुख जिल्ला अधिकारी रहेका बेला उनी जग्गा किर्ते काण्डमा संलग्न भएको पाइएको थियो । दमक नगरका एक पूर्वप्रमुख प्रशासकीय अधिकृतले भाइरल भिडियोमा देखिएको कोठा दमक नगरपालिकाको क्वार्टर नै रहेको जानकारी दिएका छन् । निरौलाले भने भिडियो काठमाडौंको एक होटलको पार्टीमा खिचिएको दाबी गरेका छन् ।
दमक नगरपालिकाका प्रवक्ता तथा वडा नम्वर ८ का वडाध्यक्ष धर्मप्रसाद दाहालले टिकटकमा महिलासँग देखिएको व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला नै भएको दावी गरेका छन् । उनले भने, ‘भिडियोमा देखिएका व्यक्ति निरौला नै हुन, यो क्वार्टरमै त्यस्तो गतिविधि भएको पुष्टी भए दोषीलाई कारबाही हुन्छ ।’
नगर प्रमुख राम थापाले भने घटनाबारे आफू अनभिज्ञ रहेको बताउँदै पन्छिएका छन् । निरौला मेयर थापाका नातेदार पनि हुन् । माओवादीका स्थानीय नेता तीर्थराज बस्नेतले प्रमुख प्रशासकीय अधिकृत जस्तो जिम्मेवार पदमा बसेको व्यक्तिबाट नगरकै क्वार्टरमा भएको अनैतिक हर्कत निन्दनीय भएको भन्दै उनलाई तत्काल जिम्मेवारीबाट हटाएर कारबाही गर्नका लागि नगरका जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् । नागरिक अगुवा महेश घिमिरेले स्थानीय सरकार चलाउने प्रशासकीय प्रमुखबाट भएको यस किसिमको गतिविधि भर्त्सनायोग्य रहेको बताएका छन् । सामाजिक सञ्जालमा निरौलाको भिडियो भाइरल बनिरहँदा विभिन्न दलका स्थानीय नेता तथा अगुवाहरूले उनको हर्कतको भर्त्सना गर्दै आलोचना गर्न थालेका छन् ।
झापाको दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलाको अनैतिक हर्कतसहितको भिडियो सार्वजनिक भएको छ ।प्रमुख प्रशासकीय अधिकृत निरौला र एक युवतीबीचको अनैतिक हर्कतको भिडियो सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।सामाजिक सञ्जालमा भाइरल भएको उक्त भिडियोमा सरकारी क्वाटरमा एक युवतीसँग मदिराको नशाले लठ्ठ भएर टिकटक लाइभमा बसेका थिए ।
मदिराले लठ्ठिएका निरौला र ती युवतीले टिकटक लाइभमा बसेर अनैतिक हर्कत गरेको प्रष्टसँग देखन सकिन्छ ।सरकारी निवासमा भएको उक्त अनैतिक हर्कतको भिडियो सार्वजनिक भएपछि निरालाले प्रमाण नष्ट गर्न क्वाटरमा रंगरोगन गर्न लगाएका छन् ।
भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । अहिले क्वाटरको रंगरोगन गरेर प्रमाण नष्ट गर्ने कोसिस भइरहेका छ । उनले आइतबार बिहानै उक्त क्वाटरमा रंग रोगन गरेर प्रमाण नष्ट गर्ने प्रयास गरेका हुन् ।
दमक घर भएका प्रमुख प्रशासकीय अधिकृत निरौला विवाहित र सन्तानका बाबुभएको खुलेको छ। उनका श्रीमती र छोराछोरी काठमाडौं बस्छन् । श्रीमती पनि उपसचिव हुन् । भिडिओकी महिला भने डिभोर्सी भएको बुझिएको छ ।
तस्बिर स्रोतः सामाजिक सञ्जाल