काठमाडौं— आत्महत्या गरेका अभिनेता सारुक ताम्राकारको मोबाइलमा प्रहरीले सुसाइड नोट फेला पारेको छ ।
आत्महत्यापछि प्रहरीले सारुकको मोबाइललाई फरेन्सिक जाँचका लागि पठाएको थियो । फरेन्सिक जाँचका क्रममा उनको मोबाइलमा सुसाइड नोट फेला परेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंले प्राप्त गरेको फरेन्सिक रिपोर्टमा मोबाइलको नोट प्याडमा सुसाइड नोट लेखेको भेटिएको उल्लेख छ।
सारुकले सुसाइड नोटमा कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । सारुकले लेखेका छन्, ‘पुलिसहरू डन्ट कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद ।’
अभिनेता सारुक ताम्राकार रातोपुलस्थित आफ्नै घरमा असार २१ गते झुण्डिएको अवस्थामा फेला परेका थिए । उनी ३१ वर्षका थिए ।
नायिका नम्रता श्रेष्ठ सार्वजनिक सम्पर्क बाहिर छिन् । अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेपछि उनी सार्जनिक कार्यक्रममा देखिन छाडेकी हुन् । ताम्राकार र श्रेष्ठ प्रेम सम्बन्धमा रहेकाे चर्चा चलेकाे थियाे । यी दुवैले फिल्म ‘ह्यासट्याग माया’ मा सँगै काम गरेका थिए ।
ताम्राकार २१ असारमा काठमाडौं रातोपुलस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । श्रेष्ठ ताम्राकारकाे अत्येष्टिमा पनि देखिएकी थिइनन् ।
श्रेष्ठ र ताम्राकारले सात महिना अगाडि दोलालघाटमा गएर रातिमा पूजा गरेकाे समेत चर्चा छ । मसान पूजामा संलग्न गुरु भनिने ईश्वर अधिकारीले सात महिना अगाडि दोलालघाटमा ग्रहशान्ति पूजा गरेको स्वीकार गरेका थिए ।
अहिले नम्रताको फोन अफ छ भने फिल्मका कलाकार रोय श्रेष्ठ र गुरु भनिने अधिकारी पनि सम्पर्क बाहिर छन् ।