काठमाडौं – इलाममा क्वारेन्टिनमा मृत्यु भएका युवकको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सूर्योदय नगरपालिकाले निर्माण गरेको क्वारेन्टिनमा आइतबार राति मृत्यु भएका २२ वर्षीय निशान सुन्दासको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । उनी भारतको हैदराबादबाट आएर साउन २६ गतेदेखी क्वारेन्टिनमा बसेका थिए । उनलाई आइतबार बिहानदेखी सास फेर्न गाह्रो भएको र उपचारको क्रममा मृत्यु भएको जनाइएको छ । उनको मृत्यु भएपछि सबै त्रसित भएका थिए ।